इमर्जिङ टिम्स एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ



काठमाडौँ । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले टोलीको बिदाइ गरेको हो ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदै छ । टोली आजै श्रीलंका प्रस्थान गर्ने छ । नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।

नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् ।

टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् । यस्तै रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल,  गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो  छन् ।सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी-२० लिग क्यानडा खेल्न जाने भएकाले टिममा छैनन् । यस्तै ज्ञानेन्द्र मल्ल र करण केसी टिममा छैनन् ।

प्रतिक्रिया दिनुहोस्