नेप्सेमा २५ अङ्कले बुद्धि



काठमाडौँ । साताको चौथो दिन आज बुधबार सेयर बजारमा सुधार देखिएको छ। पछिल्ला केही दिनदेखि ओरालो लागिरहेको नेप्से यस दिन बजार बन्द भएको छ। आज नेप्से परिसूचक २५.३१ अङ्कले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै २०९७.५५ विन्दुमा पुगेको छ।

बजारसँगै आज सेन्सेटिभ इन्डेक्स ३.२८, फ्लोट इन्डेक्स १.६७ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९६ अङ्कले उकालो लागेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८५ करोडको शेयर कारोबार भएको बजारमा आज २८९ स्टकको ५९ हजार ५३९ पटकको कारोबारमा ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार कारोबारमा आएका ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शिवश्री हाइड्रोपावर, सिवाईसी लघुवित्त, रिभरफल्स पावर, लक्ष्मी इक्विटी फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, शुभम पावर र नेशनल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, आज सो बाहेक अन्य ३ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको रावा इनर्जी डेभलपमेन्टको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.४१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्