भारतबाट बढेर आयो ‘डिजेल’को मूल्य



काठमाडौँ । भारतबाट ‘डिजेल’को मूल्य बढेर आउँदा ‘पेट्रोल’को मूल्य भने घटेर आएको छ । नेपाल आयल निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार ‘डिजेल’को मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको हो भने, ‘पेट्रोल’को मूल्य ३४ पैसाले घटेको छ ।

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ । आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्