जहाजभित्र यौन उत्पीडन गरेको आरोपमा प्रोफेसर पक्राउ



काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक जहाजभित्र यौन उत्पीडन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवलाइ पक्राउ गरिएको हो ।

आरोपित पेशाले प्रोफेसर हुन् । महिला भने २४ वर्षीया डाक्टर रहेको सञ्चारमाध्यमले जनाएका छन्। यो घटना इन्डिगो एयरलाइन्समा २६ जुलाई का दिन भएको हो । महिला यात्रुको उजुरीपछि प्रहरीले ती प्रोफेसरलाई पक्राउ गरेको बताइएको छ । दुवै यात्रु आसपासको सिटमा थिए ।

प्रतिक्रिया दिनुहोस्