
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । नाउपा मङ्गलवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि सरकारमा सहभागी हुन तयार भएको हो ।
बैठकमा सहभागी नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उपसभामुख र दुई वटा संसदीय समितिको सभापति पाउने सहमति नाउपा सरकारका सहभागी हुन लागेको बताएका छन् ।
सुदूरपश्चिममा ४ वटा संसदीय समिति रहेको छ । भने उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् । सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी छन् । साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि रोकिएको थियो ।