कोशीका सभामुख गौतमले दिए राजीनामा



काठमाडौँ । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मङ्गलवार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि आफ्नो तटस्थ भूमिका त्यागेका हुन् । उनले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

पत्रकारहरूसँगको कुराकानीमा उनले भने,  ‘प्रदेशको समग्र विकास र स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन । मेरो प्रस्ट कुरा छ । म कसैसँग अप्ठेरो नमानी भन्न सक्ने कुरा त्यही नै हो । तर परिवेशले मलाई त्यहाँ पुर्यो र मैले त्यो ९राजीनामा० गर्ने भएँ ।’

प्रतिक्रिया दिनुहोस्