कोशीमा सत्ता गठबन्धनबिचमा मिल्यो भागबन्डा



काठमाडौँ । मन्त्री र मन्त्रालयको भागबन्डाबारे कोशी प्रदेशमा सत्तागठबन्धनबिचमा सहमति भएको छ । सहमतिसँगै बिहान साढे १० बजे रोकिएको शपथग्रहण कार्यक्रम आजै बेलुका ५ बजे हुने तय भएको छ ।

सत्ता गठबन्धनको बैठकपछि माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको हो । गठबन्धनको बहुमत पुर्‍याउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् । उनको नेतृत्वमा सरकारमा जाने माओवादीमा सहमति भएको छ । सहमतिपछि आजै शपथग्रहण कार्यक्रम हुने भएको छ ।

एकीकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री हुने छन् । नेपाली काँग्रेसका प्रदीप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको समर्थन पाएका थापालाई मङ्गलवार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्