अधिवक्ता भगवती पाण्डे पक्राउ 



काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ उनलाई  बुधवार बिहान उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ । पाण्डेले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्ताप्रति तामाङ–मगर समुदायले आपत्ति जनाएका थिए । तामाङ घेदुङ सङ्घको तर्फबाट उनी विरुद्ध जाहेरी परेको थियो । तामाङ सङ्घसंस्थाहरुले उनलाई पक्राउ गर्न दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्