दोषी पार्टीकै भए पनि छाडिन्न : नारायणकाजी श्रेष्ठ



काठमाडौँ । गृहमन्त्रीसमेत तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले अहिले भ्रष्टाचार विरोधी अभियानलाई बलियो रूपमा लिएको बताएका छन् ।

बिहीबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष श्रेष्ठ छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए पनि छुट नहुने बताएका हुन् । अहिले प्रधानमन्त्रीकीको सल्लाहमा नै आफूले विभिन्न फाइलहरू खोलेको बताएका छन् ।

त्यस्तै श्रेष्ठले सरकारले अहिले गरिरहेको राम्रो कामको बलमा नै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने मत राखेका छन् । सुन प्रकरणमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा, उपमहासचिव वर्षमान पुनको पनि जोडिएको छ।

प्रतिक्रिया दिनुहोस्