नेपाली काँग्रेस : ४ जिल्लामा नेपाल महिला सङ्घका अध्यक्ष मनोनीत



काठमाडौँ । नेपाली काँग्रेस पार्टीको भातृ सङ्गठन नेपाल महिला सङ्घ केन्द्रीय कार्यसमितिले रिक्त रहेका ४ जिल्लामा जिल्ला अध्यक्ष मनोनीत गरेको छ ।

ताप्लेजुङ, इलाम, रौतहट र महोत्तरी जिल्ला अध्यक्ष मनोनीत गरिएको हो । ताप्लेजुङमा गिता चौहान, इलाममा भगवती कोइराला, रौतहटमा अञ्जु झा र महोत्तरीमा अनिता शर्मालाई जिल्ला अध्यक्ष मनोनीत गरिएको नेपाल महिला संघले जनाएको छ ।नेपाल महिला सङ्घकी अध्यक्ष उषा रावत मिश्रले उनीहरूलाई मनोनीत गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्