आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि मधेश प्रदेश राजधानीका शैक्षिक संस्थाहरू एक साताका लागि बन्द



काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाको शैक्षिक संस्थाहरू एक साताको लागि बन्द गर्ने भएको छ । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै जनकपुरधामको विद्यालयहरू एक साताको लागि बन्द गर्ने निर्णय गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगकोब प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि जानकी आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द  गर्ने निर्णय गरेको हो ।

एक साताका लागि जनकपुरधाम उपमहानगरपालिका मा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू, शिक्षण संस्थाहरू बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी गरिएको सूचनामा उल्लेख  छ ।

Open photo

प्रतिक्रिया दिनुहोस्