सिद्धार्थ बैङ्कले कमायो ३ अर्बभन्दा बढी नाफा



काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैङ्कले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्बभन्दा बढी नाफा कमाएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैङ्कले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैङ्कले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १२.०३ प्रतिशत बढेको छ। त्यसै गरी, बैङ्कको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १४.५७ प्रतिशत र सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैङ्कको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैङ्कको प्रतिशेयर वितरण योग्य आम्दानी ५ रुपैयाँ ६५ पैसा रहेको छ।

 समीक्षा अवधिमा बैङ्कको  प्रतिशेयर  आम्दानी ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ।  असार मसान्तसम्ममा बैङ्कको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैङ्कको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैङ्कको निक्षेप १६.७६ प्रतिशत बढेको छ भने कर्जा लगानी ३।०६ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्