सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृतविरुद्ध २ लाख रुपैयाँ घुस लिएको भन्दै मुद्दा दायर



काठमाडौँ । मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

ढकालले वडा कार्यालयहरूमा भएको मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि २ लाख रुपैयाँ घुस लिएका थिए । इटहरीस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले ढकाललाई गत असार २२ गते घुस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो । आयोग अनुसन्धानबाट ढकालले घुस लिएको पुष्टि भएको भन्दै उनी विरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 अनुसन्धानको सिलसिलामा उनले सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मोरङ र वडा कार्यालयहरूमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि घुस लिएको खुलेको छ ।

ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर अनुसार बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दाबी लिइएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए ।

प्रतिक्रिया दिनुहोस्