कञ्चनपुरमा दुई जना मृत भेटिए



काठमाडौँ । कञ्चनपुरमा दुई जना मृत भेटिएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शुक्लाफाँटा नगरपालिका–८ को धारापानीमा ४ वर्षीया बालिका पोखरीमा डुबेको अवस्थामा मृत भेटिएकी छन् । मृत भेटिनेमा स्थानीय राजेश धामीकी ४ वर्षीया छोरी अनु धामी रहेकी छन् ।

उनी बिहीबार साँझ घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । यस्तै, कृष्णपुर नगरपालिका–२ को बाणीमा रहेको बन्दा नदीको बगरमा ३५ वर्षीय पुरुषको शव भेटिएको छ तर उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्