‘कुनै व्यक्ति विशेष नभएर राज्यसत्ता नै भ्रष्टाचारमा’



काठमाडौँ । राष्ट्रिय जनमोर्चामा अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्य सत्ता नै लुटपाटमा लागेको बताएका हुन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताएका हुन्। उनले भने, ‘अहिलेको नेपालको स्थिति धेरै गम्भीर छ। यो राज्यसत्ता नै लुटपाटमा, भ्रष्टाचारमा लागिसकेपछि गर्नुहुन्छ केरु कसलाई थाहा छैन? यहाँ कुनचाहिँ पार्टी होर ? कुनचाहिँ व्यक्ति हो ? भन्नुभन्दा पनि राज्यसत्ता पूरै लुटपाटमा सामेल भइसकेपछि त गाह्रो छ हामीलाई। तैपनि हामीले हरेश खानेकुरा भएन। यो लोकतन्त्र छ र हामीले कमसेकम जनताको बीचमा समसामयिक विषयमा कुरा गरिराखेका छौँ।’

 आगामी दिनमा राज्यको भविष्य नै अन्धकार रहेको केसीको भनाइ रहेको छ । उनले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने पक्षमा आफु रहेको धारणा राखे। उनले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै यसको दोष सबैले लिनुपर्ने बताए। बैठक बस्नका लागि आफूले समिति दस्यहरुसँग छलफल गर्दा एजेन्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको उनले जानकारी गराए।

उनले भने, ‘सभापतिको चुनाव हुनुपर्छ भन्ने मेरो मान्यता हो। यहाँ भनाई के आयो भने, हामी सबैको बराबर जिम्मेवारी हो नि त त्यो। म यहाँ उमेरले जेठो भएकोले अहिले एक छिन सभापति भएको न हो। मैले बैठक बोलाएन भनेर त्यसरी मेरो थाप्लोमा हाल्नु त भएन नि। सल्लाहमा मैले भनिरहेको छु, किन बैठक बस्दैन? साथीहरूले भन्नुहुन्छ, अहिले भर्खरै एजेन्डा छैन।’

प्रतिक्रिया दिनुहोस्