चितवनमा ३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु हुँदा अस्पतालमा तनाव



काठमाडौँ । चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवती महिलाको मृत्यु भएको छ ।  तीन महिने गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।

भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो । रक्तस्राव भएर अस्पताल आएकी नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरूले अस्पताल घेराउ गरेका छन् । उनको शुक्रबार दिउँसो अपरेसन गरिएको अस्पतालले जनाएको छ ।

महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तस्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको बताए ।अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको पीडित परिवारको आरोप  रहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् । अहिले छलफल सुरु गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्