ग्लोबल टी-ट्वान्टी क्यानडामा सन्दीप लामिछाने आबद्ध सर्रे फाइनलमा



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी-ट्वान्टी क्यानडा २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राती सम्पन्न पहिलो क्वालिफायरमा भैंकूवर नाइट्सलाई ३८ रनले हराउँदै सर्रेले फाइनलमा पुगेको हो ।  सर्रेले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नाइट्स १६ दशमलव ४ ओभरमा १ सय १ रनमा अलआउट भयो ।

नाइट्सका लागि फबिएन एलेनले २० बलमा २ चौका र २ छक्कासहित २७ रनको बनाएका थिए । सर्रेका लागि म्याथ्यु फोर्डले ४ तथा सन्दीप लामिछानेले १ विकेट लिए । सन्दीपले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । सर्रेका लागि कप्तान इफ्तिखर अहमदले २८ बलमा २ चौका र २ छक्कासहित ३६ रनको बनाएका थिए । ब्याटिङ तर्फ अवसर पाएका सन्दीपले ६ बलमा ४ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्