न्यायाधीशका पीएसओको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा  प्रहरीले दुई जना पक्राउ परेका छन् ।

प्रहरीले  सिन्धुपाल्चोकका २४ वर्षी य वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङलाई पेस्तोल चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमुद ढुंगेलका अनुसार, उनीहरुले ३० असारमा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको छ । त्यसमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको छ ।

सई खड्काको घर नजिकै उनीहरू चोरी गर्न गएका थिए । फर्किँदा झ्याल खुल्लै देखेपछि अङ्कुशे लगाएर झोला तानेका थिए । झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत राखेका  पाइएको प्रहरीले जनाएको छ । पेस्तोल चोरी भए लगत्तै उनले भोलिपल्ट प्रहरी वृत्त, बौद्धमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्