सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीका एसपी थापालाई 



काठमाडौँ । क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक ९एसपी० सञ्जय थापाको नेतृत्वमा हुने भएको छ ।

विभागले सुन प्रकरणमा सङ्कलन भएका सबै प्रमाण र तथ्यहरू प्रहरीलाई जिम्मा लगाएको हो । जसअनुसार सुन प्रकरणको अनुसन्धान एसपी थापाको नेतृत्वमा हुने भएको छ । सीआईबीले राजस्व अनुसन्धान विभागको अनुसन्धानलाई समेत आधार मानेर थप अनुसन्धान गर्ने भएको हो ।

हङकङबाट २९ आषाढमा क्याथे प्यासिफिकको जहाजमा स्कुटरका ब्रेक सुभित्र लुकाएर ल्याइएका सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरी बाहिरिएको थियो । त्यस लगत्तै विभाग र सशस्त्र प्रहरी बल (एपीएफ) को विशेष टोलीले भन्सारबाहिर सिनामंगल सडकबाट ब्रेक सुभित्र लुकाइएको सय किलो सुनसहित दुई जनालाई पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा तस्करीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता खुलेपछि अनुसन्धान जटिल बन्दै गएको थियो ।

अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने माग उठे पनि विभाग आफैँले निष्कर्षमा पुर्‍याउने दाबी गरिरहेका बेला सम्बन्धित निकायका अधिकारी बोलाएर प्रधानमन्त्रीले ब्रिफिङ लिएका थिए । यो प्रकरणमा विमानस्थल भन्सारका तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । आइतबार राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्