खुल्यो बुटवल-पाल्पा सडक



काठमाडौँ । मङ्गलवार बिहानैदेखि पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

सडक खण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

बिहान तिनाउ गाउँपालिका-३ ड्यामसाइटस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि डुङ्गासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्