‘८० सालको गाईजात्रा’ भदौ १३ देखि



काठमाडौँ । यस वर्षको गाईजात्रा प्रहसन भदौ १३ देखि हुने भएको छ । ‘८० सालको गाईजात्रा’ नाम दिइएको कार्यक्रम  पाँच दिनसम्म प्रज्ञा भवनमा चल्ने छ ।  कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, प्रभात लामा, रुविना अधिकारी, चक्र दवाडीलगायतका कलाकारले प्रस्तुती दिने कार्यक्रम रहेको छ ।  ब्रान्डवर्थ प्रालिले यसपालिको गाईजात्रा कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना र दाङमा हुने छ । कोरोना महामारीका दुई वटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन गराइएको थियो । यस पटक पनि रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्