विराटनगरको प्लास्टिक उद्योगमा आगलागी हुँदा तीन करोड बराबरको क्षति



काठमाडौँ । विराटनगरमा रहेको एमएम प्लास्टिक उद्योगमा आगलागी भएको छ । महानगरपालिका १४ मा रहेको एमएम प्लास्टिक उद्योगमा आगलागी भएको हो ।  बुधबार बिहानको राति करिब १ बजे  आगलागी भएको हो । आगलागीका कारण करिब तीन करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्लास्टिकका सामग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुईँ तलामा रहेको ‘यूपीएस रूम’मा आगलागी भएको र आगलागीका कारण उपकरणहरू जलेका प्रहरीले जनाएको छ ।  इन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्नमा आएको छ । नेपाल प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुई वटा दमकलले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्