प्रादेशिक अस्पताल जनकपुरको मोडुलर ओटी सञ्चालनमा आयो



काठमाडौँ । प्रादेशिक अस्पताल जनकपुरमा एक वर्षअघि उद्घाटन गरेर प्रयोगविहीन रहेको मोडुलर ओटी (विशिष्ट शल्यक्रिया कक्ष) सञ्चालनमा आएको छ ।युरो जेनरल र अर्थो विशिष्ट शल्यक्रिया कक्ष सञ्चालनमा आएको अस्पतालक प्रवक्ता चर्मरोग विशेषज्ञ डा. रामज्ञान यादवले जानकारी दिए । उनले अब ल्याप्रोस्कोपी विधिबाट पनि बिरामीको शल्यक्रिया सुरु  हुने बताए ।

न्यूरो सम्बन्धी जनशक्ति नभएका कारण न्युरो ओटी सञ्चालनमा आउन सकेको थिएन । मधेश सरकारले करिब १० करोड खर्चेर तीन वटा मोडुलर ओटी एक वर्षअघि स्थापना गरेको थियो । ३० भदौ २०७९ मा तत्कालीन सामाजिक विकास मन्त्री नवलकिशोर साहले नवनिर्मित तीन वटा मोडुलर अपरेसन थिएटरको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्