सेयर बजारमा उछाल



 काठमाडौँ । लगातार आरोरालो यात्रामा  रहेको  सेयर बजार सूचक नेप्से बुधवार भारि अङ्कले उकालाले लागेको छ । आज बजार  ४१.०६  अङ्कले उकालो लागेको हो ।  नेप्से आज उकालाले लागेसँगै २०६०९१ विन्दुमा पुगेको छ ।

आज १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीले  वृद्धि भएको छ । २२ सय भन्दा माथि पुगेको नेप्से मौद्रिक नीतिपछि निरन्तर ओरालो लाग्दा २ हजारको मनोवैज्ञानिक रेखासम्म झरेको हो । यद्यपि, सूचक बुधवार २ हजारभन्दा तल अर्थात् १९ सयको लाइनमा भने झरेन ।

आज  २६५ कम्पनीको ५० लाख १० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ५० लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । यसै गरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवं सिमेन्ट र नेपाल रिपब्लिक मिडिया परेका छन् ।

प्रतिक्रिया दिनुहोस्