देउवाले बोलाए संसदीय दलको समितिको बैठक



काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । ४ बजे देउवा निवासमा  बैठक बोलाइएको हो । काँग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।

सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् चल्न दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्