अरब क्लब च्याम्पियन्स कप : रोनाल्डोको गोलमा अल नासिर फाइनलमा



काठमाडौंँ। अरब क्लब च्याम्पियन्स कपमा अल नासिर क्लब फाइनल पुगेको छ । क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासिर प्रतियोगिताको फाइनल यात्रा तय गरेको हो ।

अल नासिरका कप्तान रहेका रोनाल्डोले सेमिफाइनलको खेलमा पेनाल्टीमा गोल गरे । उनकै गोलमा साउदी क्लब अल नासिरले इराकी क्लब अल सोर्टालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

उनले ७५ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । साडियो मानेलाई इराकी क्लबका फैसल जसीम नफिल अल मनाले फल गरेपछि अल नासिरले पेनाल्टी पाएको थियो । शनिवार हुने फाइनलमा अल नासिरले साउदीकै क्लब अल हिलालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्