ओली–रावलको मिलाप



काठमाडौँ । लामो समय सम्म बोलाबोलको अवस्था पनि नभएका एमाले अध्यक्ष केपी ओली र भीम रावलबिचको भेटघाट भएको छ । हिजो पार्टी कार्यालय च्यासलमा ओली र रावलको बिचमा संवाद भएको हो । भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै रावलले  भलाकुसारी भएको र फेरि भेट्ने कुरा भएको बताए ।

भेटपछि पत्रकारहरूसँग रावलले भने, ‘हाम्रो बिचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग भलाकुसारी, के छ कस्तो छ भन्ने भलाकुसारी गरियो ।’ ओलीसँगको भेटमा देश र पार्टीको अवस्थाका विषयमा कुराकानी भएको रावलले बताए ।

रावलले भने, ‘देशको स्थिति पार्टीको अवस्था के छ रु कस्तो छ रु यसमा हाम्रा आफ्नो सोच दृष्टिकोण के छन् त्यसमा सामान्य कुराकानी भयो । फेरि कुराकानी गर्ने कुरा छ ।’

रावलले भने, ‘धेरै लामो समयपछि भेट भएको हो । उहाँ पार्टीको अध्यक्ष पार्टीको अध्यक्षसँग धेरै देश विदेशको विषयमा जानकारी हुन्छ सूचना हुन्छ । म पनि अध्ययन गर्ने मान्छे । आफ्ना विचारहरू, अहिलेको अवस्था के छ कस्तो छ भन्ने भयो । फेरि कुराकानी गर्ने कुरा छ ।’

नेकपा हुँदाबाटै ओली र रावलको सम्बन्ध चिसिएको थियो । दशौँ महाधिवेशनका ओलीविरुद्ध अध्यक्षमा रावलले उम्मेदवारी दिएपछि उनीहरूबिच बोलचाल नै बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्