भीमदत्त राजमार्ग ६ घण्टाका लागि बन्द 



काठमाडौँ । भीमदत्त राजमार्ग बिहीबार ६ घण्टाका लागि बन्द गरिने भएको छ ।२२ साउनमा आएको  पहिरोका सडक भाँसिएको गोदावरी नगरपालिका९४ को बुढितोलामा मर्मतका लागि  दिउँसो १२ देखि साँझ ६ बजेसम्म सडक बन्द गरिने  लागेको हो ।

पहिरो हटाएर सवारीसाधन सञ्चालन गरिए पनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले मर्मत गर्न केही घण्टा सडक बन्द गरिन लागेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

उक्त क्षेत्रमा गाडी चले पनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत निकास दिइने भएको छ । लगातारको वर्षापछि गत सोमबार आएको पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्