एक वर्षमा ८२० किमी थप सडक कालोपत्रे



काठमाडौँ । एक वर्षमा थप ८२० किलोमिटर सडक कालोपत्रे भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै यस वर्ष २२२ वटा मोटरेबल नयाँ पुल निर्माण भएको जनाएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले आर्थिक वर्ष २०७९/८० मा २४९ किलोमिटर सडकको पुनर्निर्माण तथा पुनर्स्थापना भएको बताए । त्यसै गरी २४३ किलोमिटर नयाँ ट्र्याक खोलिएको, ६२८ किलोमिटर खण्डास्मित (ग्राभेल) गरिएको छ ।  सो अवधिमा सडक विभागको भौतिक प्रगति ६९ प्रतिशत रहेको रहेको छ ।

चालु आर्थिक वर्षमा ९० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको छ । गत आर्थिक वर्षमा मन्त्रालयले सडक विभाग अन्तर्गत ८० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य राखेको थियो ।

नाग ढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको मुख्य सुरुङ खन्ने काम अब ४९० मिटर मात्र बाँकी रहेको, नाग ढुङ्गा–नौबिसे सडक खण्डलाई तीन प्याकेजमा ठेक्का लगाई बिस्तार भइरहेको, पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही खण्डको ठेक्का व्यवस्थापन कार्य अन्तिम चरणमा रहेको, कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि पूर्व तयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्