अथेना कप प्रतियोगिता : फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले डेब्यु खेलमै गरिन् गोल 



काठमाडौँ । फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले डेब्यु खेलमै गोल गरेकी छन् ।  भण्डारी ‘साम्बा’ ले डेब्यु खेलमै गोल गर्दा हापोएल रानानाले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० ले पराजित गरेको हो । रानानाका लागि आदि गोल्डेन र साम्बाले १-१ गोल गरे ।

सावित्राले युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्दै इतिहास पनि रचेकी छिन् । क्लबले अब प्रतियोगिताको अर्को चरणमा प्रतिस्पर्धा गर्नेछ ‌। उक्त खेल सोमबार हुनेछ ।

रानानाले लिग यात्रा भने अगस्टको अन्तिमबाट सुरु गर्नेछ । लिगमा ८ टोलीबिच झन्डै ७ महिनासम्म लिग चल्नेछ । रानाना यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस्