चीन भ्रमणमा ऊर्जासम्बन्धी महत्त्वपूर्ण सहमति हुने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा विशेष सहमति हुने जनाएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो आगामी महिना हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सहमति हुने विश्वास दिएको छु ।’

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हालै भएको भारत भ्रमणका क्रममा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने प्रारम्भिक सहमति भएको बताउँदै ती सहमतिहरू कार्यान्वयन गर्नका लागि आफूहरू निरन्तर लागि रहेको बताए ।

साथै, उनले बङ्गलादेशमा विद्युत् निर्यातका लागि सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्