कोशीका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने



काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् । नेपाली काँग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार ३ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भएकाे छ । १६ साउनमा नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्