दाङमा जङ्गली च्याउ खादा आमा छोरीको मृत्यु



दाङ । दाङमा जङ्गली च्याउ खाँदा आमा छोरीको मृत्यु भएको छ । जङ्गली खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमा छोरीको उपचारको क्रममा मुत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार च्याउ खाएर गम्भीर बिरामी परेकी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसअघि ११ वर्षिया छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।  साउन २९ गते साँझ जङ्गलबाट ल्याएको च्याउ खादा घरका तीन जना बिरामी परेका थिए ।त्यस्तै मृतकका श्रीमान् अजय सुनारका श्रीमान् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्