कोशीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै



काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन् ।  १६ साउनामा मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिनका लागि दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

तर, यता प्रदेशसभा सञ्चालन गर्नेको लागि सभामुख र उपसभामुख दुवै उपस्थित नहुने अवस्थामा रहेको जनाइएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाले पनि आफ्ना जेष्ठ सदस्यहरूलाई उपस्थित नहुन भनिसकेको छ ।

९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा ४७ जना छन्, जुन बहुमत मात्रै हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । सरकारलाई काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाको ६ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्