कोशीका मुख्यमन्त्रीले आज लिने भनिएको विश्वासको मत अलमलमा



काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको  मत  लिने कार्यक्रम रहे पनि उनले विश्वासको मत लिने सम्भावना भने निकै नै कम रहेको छ । यसअघि थापाले आइतबार विश्वासको मत लिने प्रस्ताव गरेका थिए, तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेका लागि समय तोकिन् ।

तर प्रदेशसभाको बैठक बस्ने दिन उपसभामुख दनुवार उपचारका लागि काठमाडौँ आएकी हुन् ।  प्रदेशसभाका ज्येष्ठ सदस्य रहेका एमालेका ७ र राप्रपाका एक जनाले बैठकमा उपस्थित नहुने यसअघि नै जानकारी गराएका छन् । अहिले केहीवेर कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । तर आज विश्वासको मत दिने सम्भावना नरहेको मुख्यमन्त्री थापाले बताए ।

सत्तारुढ दलका नेताहरूसँग भएको छलफलपछि थापाले भने, ‘आज विश्वासको मत लिने सम्भावना देखिएन । सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौँ ।’उनले आफैँले तोकेको बैठकमा उपसभामुख अनुपस्थित हुनु गलत भएको समेत बताए ।

थापाले आफैले तोको बैठकमा उपसभामुख नै अनुपस्थित हुन् संसदीय प्रणालीको मूल्य मान्यता विपरीत भएको बताएका छन् । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा ४७ जना छन्, जुन बहुमत मात्रै हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । सरकारलाई काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ

प्रतिक्रिया दिनुहोस्