कोशीमा प्रचण्ड-माधव नेपालले उत्पात मच्चाएकाे एमाले अध्यक्ष ओलीको दाबी 



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपाल भएको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष र उत्पात फैल्याउने काम गरेको बताएका हुन् ।

उनले भने, कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन् । पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् ।’जातियताका नाममा उफ्रनेहरू किरात, राई लिम्बु भएको भन्दै भने, ‘उफ्रने उनीहरू छन् उफार्ने पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन् ।’

कोशीमा प्रचण्ड र माधव नेपालहरूले नुवाकोटमा साढे जुधाए झैँ जनतालाई जुधाइरहेको ओलीको भनाइ रहेको छ । । ‘साँढेको केही दुस्मनी हुँदैन । तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनी ताली पड्काउँछन् । जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्’, ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले विखण्डनवादलाई राष्ट्रिय एकताको भावले जित्ने भन्दै जनतालाई अन्यायको राज हुन नदिने बताए । ओलीले भने,  ‘अन्यायको राज गर्न खोज्छ कसैले भने हामीले प्रतिवाद गर्नुपर्छ । कसैले कानुनको राज नगरेर बलजफती जनता दबाएर अन्यायको राज लाद्न खोज्छ भने त्यति बेला हामीले प्रतिवाद गर्नुपर्छ ।’

राष्ट्रको हितविपरित, राष्ट्रको सार्वभौमसत्ता विपरीत र राष्ट्रको स्वाधीनता विपरीत कसैले काम गर्छ भने त्यसलाई असफल बनाएरै छाड्ने ओलीको भनाइ छ । ‘हाम्रो भूगोल टुक्रिन हुँदैन । सग्लो देश हामीलाई चाहिन्छ त्यो हामी कायम गरेर छोड्छौ । विश्वले हामीलाई बहादुर भन्छ । तर आफ्नै देशको सार्वभौम सत्ता जोगाउन सक्दैनौ भने जागिरे बहादुरी के काम लाग्छ ?’ओलीले भने ।’

प्रतिक्रिया दिनुहोस्