वैज्ञानिकहरूले चन्द्रमामा के_के छोडे ? अहिलेसम्म २०० टन फोहार छ चन्द्रमामा !



काठमाडौँ । चन्द्रमामा वैज्ञानिकको खोजले संसारभरका मानिसको उत्साह बढाउँछ तर के तपाईँले कहिल्यै सोच्नुभएको छ कि चन्द्रमामा अन्वेषणका लागि पठाइएको मिसनका कारण अहिलेसम्म पृथ्वीबाट कति फोहोर त्यहाँ पुग्यो ? यस फोहोरमा भारी मेसिन र प्राविधिक चीजहरू छन्। यसबाहेक भाला, चीलको प्वाँख, चिमटा, ड्रिल, तौलिया, ब्रस र रेक पनि छन्। द गार्डियनको रिपोर्टका अनुसार चन्द्रमामा मानव मल, पिसाब र बान्ताका ९६ प्याकेट पनि छन् । तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ, अहिलेसम्म चन्द्रमामा २०० टन फोहोर पुगिसकेको छ ।

अपोलो मिसन अवतरण गरेको ठाउँ वरिपरि धेरै चीजहरू छरिएका छन्, तिनीहरूलाई कहिल्यै फिर्ता ल्याइएन।  यसमा चीलको प्वाँख, एउटा भाला, मानव फोहोरको झोला, एउटा पारिवारिक तस्बिर र फलेन एस्ट्रोनट (एल्युमिनियमको मूर्ति) समावेश छ। त्यहाँ फलेन एस्ट्रोनट नजिकै एउटा फलक पनि छ, जसमा अन्तरिक्ष अन्वेषणको क्रममा मारिएका १४ वैज्ञानिकहरूको नाम छ।

कुल मिलाएर, चन्द्रमामा मानव फोहोरको रूपमा लगभग २०० टन वस्तुहरू छन्।अपोलो मिसनका पाँच वटा स्याटरन भि रकेटहरू यी अवशेषहरूमध्ये सबैभन्दा भारी हुन्। त्यसपछि मिसनको अन्तिम चरणमा चन्द्रमाको सतहमा दुर्घटनाको सिकार भएका अन्तरिक्षयानहरूको भग्नावशेष छ।

प्रतिक्रिया दिनुहोस्