सचिव राउतविरुद्ध पनि मुद्दा चलाउने सरकारी वकिलको निर्णय



काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय दिएका थिएन । तर, जिल्ला सरकारी वकिलको कार्यालयले राउतसमेतलाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पठाएको हो ।

ललिता निवास जग्गा प्रकरण अनुसन्धानका लागि राउतलाई प्रहरीले २४ असारमा पक्राउ गरेको थियो । बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएपछि रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्