महोत्तरीबाट २६ लाख नेपाली रुपैयाँसहित साह पक्राउ



 काठमाडाैँ । स्रोत नखुलेको २६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।सोमबार बिहान जिल्लाको मटिहानी नगरपालिका वडा नं. ३ स्थित रहेको प्रतापि बाबा मन्दिर अगाडी जनकपुरधाम–मटिहानी सडक खण्डमा विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी धिरापुरबाट संयुक्त रूपमा खटिएको सादा पोशाकको प्रहरी टोलीले भारतीय नागरिकलाई रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चेक प्वाईन्ट थापी चेक जाँच गर्दा भारतको विहार राज्य जिल्ला मधुवनी ग्रामपंचायत मधवापुर ४ बस्ने २६ वर्षीय सुमित साहले चलाउँदै आएको ज १२ प १६४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखेको २६ लाख २० हजार रुपैयाँ बरामद भएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।बरामद भएको रकम तथा मोटरसाईकल र मानिसलाई आवश्यक कारबाहीको लागि राष्ट्रिय अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्