विभिन्न २२ संस्थाद्वारा बृहत् रक्तदान कार्यक्रम आयोजना 



काठमाडौँ । आज काठमाडौँको बागबजारमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको बागबजार काम्यक स्कुलमा रक्तदान कार्यक्रम हुन लागेको हो ।

बृहत् रक्तदान कार्यक्रमको आयोजना विभिन्न २२ वटा संस्थाहरूले गरेका हुन् । कार्यक्रम ड्रिम इन्टरनेशनल कनसलटेन्सी, सिरिजंगा समाज नेपाल र काम्यक स्कुल बागबजार लगायतले आयोजना गरेका हुन् । सामाजिक उत्तरदायित्वका लागि खुल्ला बृहत् रक्तदान कार्यक्रम बिहान ११ बजे देखि २ बजे सम्म हुने छ ।

प्रतिक्रिया दिनुहोस्