कोशीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध दायर रिट मल्ल र माथेमाको इजलासमा



काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो । उक्त पेसी निवेदन न्यायाधीश द्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ ।

प्रदेशसभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा प्रदेशसभा बैठकको अध्यक्षता गरेका प्रदेशसभा सदस्यले समेत मत लिएका थिए । यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए । मुख्यमन्त्री थापाले कोशी प्रदेशमा भएका सबै प्रक्रियाको जिम्मा सभामुखले लिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्