नेप्सेमा भारी अङ्कको गिरावट



काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से भारी अङ्कले ओरालो लागेको । अघिल्लो कारोबार दिन अर्थात् मङ्गलवार साढे ६ अङ्क घटेर बन्द भएको नेप्सेले आज  भने भारी अङ्कले ओरालो लागेको हो । नेप्से परिसूचक २८.९२ अङ्कले ओरालो लागेको हो । आज नेप्से ओरालो लागेसँगै १९३२.४५ विन्दुमा झरेको छ। त्यसै गरी, सेन्सेटिभ इण्डेक्स ५.६५ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अङ्क घटेर बन्द भएको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे ७९ करोडको सेयर कारोबार भएको बजारमा भने २७६ स्टकको ३२ हजार १३९ पटकको कारोबारमा १ अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको ३७ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

एक स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  शुभम पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसै गरी,  थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने अन्य स्टकहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९।७१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६ करोड १५ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसै गरी,  सोल्टी होटलको ४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ। त्यस्तै,  अन्य उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैङ्क, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्