अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने एक जान पक्राउ



काठमाडौँ । अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरिएको छ । आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिन्छु भनी रु. ९,००,०००/- ठगी गरेकाे  आरोपमा जिल्ला भक्तपुर मध्यपुर ठिमि न.पा.वडा नं. ४  स्थायी घर भई हाल का.जि.का.म.न.पा. वडा नं.२६ सामाखुसी बस्ने वर्ष ५० की रत्न केशरी श्रेष्ठलाई सामाखुसीबाट गरिएको हो ।

श्रेष्ठलाई  मिति २०८०/०५/२२ गते पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ गरेका श्रेष्ठलाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्