भारत-पाकिस्तान बिचको खेलमा वर्षाको अधिक सम्भावना 



काठमाडौँ । जारी एसिया कपको सुपर फोरमा  आज भारत र पाकिस्तान भिड्दै छन् । अबको केही समयपछि श्रीलङ्काको कोलम्बोको प्रेमदासा रङ्गशालामा दुई टोलीबिचको  खेल हुन लागेको हो । तर, यो खेल वर्षाको सम्भावना नहुँदा मात्रै हुनेछ । र, पछिल्लो मौसम अवस्थाले कोलम्बोमा वर्षा रोकिने छैन भनेर देखाउँछ।

२४ घण्टाअघि पटक्कै खराब नभएको र सेप्टेम्बर १० मा अलिकति खराब हुने अनुमान गरिएको मौसम अहिले झनै खराब बनेको छ । यसको मतलब कोलम्बोको मौसमको पछिल्लो अपडेटले भारत र पाकिस्तानका क्रिकेट फ्यानहरूलाई निराश बनाउनेछ। तर, २४ घण्टाअघि कोलम्बोको मौसम तस्बिर बिलकुलै स्पष्ट थियो । किनभने सेप्टेम्बर ९ मा श्रीलङ्का र बङ्गलादेशबिचको सम्पूर्ण खेल त्यहीँ सफा मौसममा भएको थियो । तर, २४ घण्टाअघिको अवस्था २४ घण्टापछि पनि उस्तै रहने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्