भारत र पाकिस्तानबिचको खेल आज हुन नसके रद्द हुने, दुवैले एक एक अङ्क बाँड्ने



काठमाडौँ । एसिया कपको सुपर फोरमा वर्षाको कारण भारत र पाकिस्तानबिचको स्थगित भएको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । लगातार वर्षाको कारण पुन खेल हुन सकेन । त्यसैले आज खेल स्थगित गरिएको हो ।

आज सोमबार भारतले खेल यहीँ अवस्थाबाट सुरुवात गर्नेछ । भारत र पाकिस्तानबिचको खेलमा रिजर्भ डे राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट सुरु हुनेछ । सोमबार हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक एक अङ्क बाँड्नेछन् ।

भारतलाई पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले १६.४ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट हुन पुगे ।

रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । गिल ५२ बलमा १० चौकासहित ५८ रनमा क्याच आउट भए । शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट क्याच आउट भए । भारतका विराट कोहली ८ र लोकेश राहुल १७ रनमा क्रिजमा छन् ।

प्रतिक्रिया दिनुहोस्