४० किलो गाँजा बरामद



काठमाडौँ । विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ । प्रहरीले मङ्गलवार राति सो गाँजा बरामद गरेको हो ।

प्रहरीले विराटनगर महानगरपालिका९१४ स्थित आईसीपी सडक खण्डबाट राति १०:१० बजे को१७प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको प्रहरीले फरार रहेका चालकको खोजी कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्