बाबुको हत्या आरोपमा छोरा पक्राउ



काठमाडौँ । दाङमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुरका ५१ वर्षका प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनकै २८ वर्षीय छोरा सन्तोषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भदौ २८ गते साँझ मादक पदार्थ सेवन गरी छोरा सन्तोषले बाबु प्रेमबहादुरलाई कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ छ । कुटपिटबाट घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्