कोशी प्रदेशमा मन्त्रीपरिषद् विस्तार



काठमाडौँ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेर  कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।\

प्रतिक्रिया दिनुहोस्