बिरामीको मृत्युपछि चिकित्सकमाथि हातपात



काठमाडाैँ । बिरामीको मृत्युपछि  चिकित्सकमाथि हातपात बिरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ ।  हातपात भएपछि अस्पताल परिसरमा तनाव छ ।

असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ । दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरेका हुन् । उनीहरूले अस्पतालका केही सिसा फुटाएका छन् । अहिले अस्पतालमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्