एमाले सुदूरपश्चिम अध्यक्षका लागि तीन जना आकाङ्क्षी



काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा तीन जना आकाङ्क्षी देखिएका छन् । आइतबारबाट सुरु भएको प्रदेश अधिवेशनमार्फत नेतृत्वमा पुग्न हाल प्रदेश उपाध्यक्ष रहेका कमल तिमिल्सिना, सचिवालय सदस्य द्वय कृष्णप्रसाद जैसी र वचनबहादुर सिंह आकाङ्क्षी रहेका छन् ।

सिंहले केही दिन अघि कञ्चनपुरमा पत्रकार सम्मेलन नै गरेर अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । तिमिल्सिना र जैशीले पनि आफू निकटस्थहरूमार्फत अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका छन् । तिमिल्सिना, जोशी र सिंह तीनै जनाले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भन्दै छलफल र आन्तरिक गृहकार्य गरिरहेका छन् । तिमिल्सिना र जैसी अछामका हुन् भने सिंह कञ्चनपुरका स्थानीय बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्